News Ticker

Menu

प्रधानमन्त्रीको चीन भ्रमण देश र जनताको हितमा होस: खड्का

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खड्काले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग अहिले कसैसँग बढी र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ ।’ साक्षात्कारमा बोल्दै नेता खड्काले भारतसँग खुल्ला सीमा भएको कारणले सम्बन्ध पनि त्यही अनुसार मजबुद रहेको सुनाए । उनले भने, ‘हाम्रो अलिक प्रगाढ सम्बन्ध भारतसँग छ, राजनीति र भूगोलको हिसाबले भारतसँगजस्तो चीनसँग हाम्रो त्यस्तो सम्बन्ध छैन ।’ नेपालको अवस्था भारतसँग जति सहजता छ त्यति सहजता चीनसँग नरहेको पनि उनले बताए ।
 नेता खड्काले दुवै देशसँग नेपालले समान दृष्टिकोण, समान सम्बन्ध कायम गर्दै दुवै सम्बन्धबाट प्रचुर सदुपयोग गर्नसक्नुपर्ने बताए ।  उनले भने,‘भारत र चीनको प्रगतिलाई हामीले आत्मसात् गर्नुपर्छ, उनीहरुको प्रगतिबाट हामीले सिक्नुपर्छ, लाभ लिन सक्नुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट सहयोग लिने वाचा गरेको स्मरण गराउँदै नेता खड्काले उक्त सहयोग लिन सक्नुहोस् भन्दै शुभकामना समेत दिए । उनले चीनसँगको नेपालको सम्बन्ध सुमधुर हुन जरुरी रहेको स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा र जनताको हितमा होस्, हाम्रो शुभकामना छ ।’
चीनियाँ लगानी भित्र्याउनको लागि नेपालले वातावरण बनाउनुपर्नेमा उनको जोड छ । उनले भने,‘तर अहिले नेपालमा लगानीमत्रै वातावरण छैन, अहिले सरकारले नीजी क्षेत्रलाई उपहास गरेको छ।’ प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुले यो पनि गर्छौं र त्यो पनि गर्छौं भनेको उल्लेख गर्दै खड्काले भने,‘सरकारले भोलि नै हामी सबै सम्पन्न हुने हो कि भन्नेगरि सपना बाँडेको छ।’

Share This:

  • To add an Emoticons Show Icons
  • To add code Use [pre]code here[/pre]
  • To add an Image Use [img]IMAGE-URL-HERE[/img]
  • To add Youtube video just paste a video link like http://www.youtube.com/watch?v=0x_gnfpL3RM