‘द कलेज एम्बेसडर’का प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौं–‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले आफूभित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । शनिबार राजधानीको थापाथलीस्थित ब्लुस्टार इभेन्ट भेन्यु आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य,गायन, अभिनय, वक्तृत्वकला,चित्रकला लगायत विषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हुन् ।
प्रतियोगिताको यो १० औं संस्करण हो । यो संस्करणमा ४ केटा र ११ केटी फाइनलमा भिँड्दै छन् । उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले अडिसन दिएकाहरुमध्ये फाइनलका लागि १५ प्रतियोगी मात्र छानिएका ग्रीन आर्ट मिडियाका सीइओ प्रविण लाकौरले बताए ।
ट्यालेन्ट राउन्डको निर्णायकमा गायिका तथा मिस हेरिटेज आश्रा कुँवर मेकअफ आर्टिस रश्मि श्रेष्ठ, महेश उदास फेसन डिजाइनर मोडल, राजन शाही नृत्य निर्देशक, विवस गिरी ब्याण्ड मेम्बर जिएक्ससोल लगायत थिए ।

























