प्रदेश ३ सरकारको घोषणाः ‘३ वर्षमा प्लाष्टिक झोला अन्त्य, १० वर्षमा पेट्रोलियम मूक्त शहर’
काठमाडौं– प्रदेश नम्बर ३ को सरकारले तीन वर्षभित्र प्लाष्टिकजन्य झोलाको अन्त्य गर्ने नीति लिएको छ । यसका लागि प्रदेश सरकारले गैरप्लाष्टिक झोलाको उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने भएको छ । बजेटमार्फत सरकारले यो विषय सम्बोधन गरेको छ ।
यस्तै, प्रदेश नम्बर ३ को सरकारले अबको १० वर्षभित्र पेट्रोलियम सवारी मुक्त शहरको परिकल्पना गरेको छ । वि.सं. २०८५ सम्म प्रदेशका मुख्य शहरहरुलाई पेट्रोलियम सवारी मुक्त बनाउन विद्युतबाट सञ्चालन हुने मास ट्रान्सपोर्ट सवारीलाई बढ्वा दिन अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत यस प्रदेशले केवरलकार,रोपवे, ट्रलीवस लगायत विद्युतीय सवारी साधनलाई नीतिगत र कानुनी रुपमै प्रोत्साहनको व्यवस्था मिलाउने व्यवस्था गरेको छ ।
यता कृषकको आय आर्जन बृद्धिको लागि भैसी पालनमा सरकारले प्रोत्साहन गरेको छ । कालो सुन, भैसीनै हुन भन्ने अभियाननै सञ्चालन गरेर भैसी पालनमा किसानलाई इन्करेज गर्ने यस प्रदेश सरकारको नीति छ ।
























