News Ticker

Menu

अफगानिस्तानमा युद्धविरामको समय थपियो

एजेन्सी– अफगानिस्तानको सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको छ । 
अफगानिस्तानका राष्ट्रपति असरफ गनीले कमैमात्र गर्ने टेलिभिजन सम्वोधनमार्फत् थप तीन दिन युद्धविरामको समय बढाएका हुन् । 
उनले यो समय बढाएर मङ्गलबारसम्म पुर्याएका हुन् । यसैमार्फत उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेका छन् । 
आइतबार राति अहिलेको युद्ध बिरामको म्याद सकिने भएकाले उनले तीनदिन थप्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । 
उता युद्धविरामका क्रममा पनि आत्मघाती हमलामा कमी आएको छैन । शनिबारमात्र पनि यस्तै आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
त्यसपछि पनि युद्धविरामको समय बढाउने निर्णय गरिएको एकजना सरकारी अधिकारीले बताएका छन् । 
मुस्लिम समुदायको सबैभन्दा ठूलो इद पर्व मनाउनका लागि सरकारले युद्धविराम घोषणा गरेको हो । 
राष्ट्रपति गनीले गरेको आग्रह र सरकारले युद्धविरामको अवधि थपेको बारेमा तलिवान लडाकूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 
सम्वोधनका क्रममा राष्ट्रपति गनीले भनेका छन्– ‘म सुरक्षाकर्मीलाई यो निर्देशन दिन्छु की, तपाइहरु रक्षात्मक अवस्थामा मात्रै रहनु होला ।’ 
इदको दोस्रो दिन राष्ट्रपति गनीको यो प्रतिक्रिया आएको हो । अहिले रमजान मनाउने मुस्लिम समुदायको उपवासको महिना चलिरहेको छ । 
राष्ट्रसंघद्वारा युद्धविरामको स्वागत 
यसैविच, अफगानिस्तानको सरकारले एकतर्फीरुपमा युद्ध विरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन् । 
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ । 
राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न उनले दुवै पक्षलाई आग्रह पनि गरेका छन् । 
इद पर्व मनाइरहेका बेला पूर्वीअफगानिस्तानको नान्गारहार प्रान्तमा शनिबार भएको आक्रमणप्रति पनि राष्ट्रसंघीय प्रमुख गुथ्रेसले आपत्ति जनाएका छन् । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो । 

Share This:

  • To add an Emoticons Show Icons
  • To add code Use [pre]code here[/pre]
  • To add an Image Use [img]IMAGE-URL-HERE[/img]
  • To add Youtube video just paste a video link like http://www.youtube.com/watch?v=0x_gnfpL3RM