News Ticker

Menu
Previous
Next

समाचार

अन्तर्राष्ट्रिय समाचार

राजनीति

बिज्ञान प्रबिधि

Lifestyle

रोचक

Recent Posts

संघीय संसद्को संयुक्त बैठकः कार्य सञ्चालन नियमावली मस्यौदा प्रस्तुत

Sunday, June 17, 2018 /
काठमाडौँ– संघीय संसद्को आजको संयुक्त बैठकमा संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ प्रस्तुत भएको छ ।  संघीय संसद्को आजको बैठकमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले सो प्रतिवेदन प्रस्तुत गरेका थिए  । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिको आह्वानमा आज संघीय संसद्को संयुक्त बैठक बसेको हो । 
मस्यौदा नियमावलीमा राष्ट्रपतिबाट संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आह्वान गरेमा महासचिवले बैठकको मिति, समय र स्थानको जानकारी सदनलाई दिइने उल्लेख छ । संयुक्त बैठकको कार्यसूची सभामुखको निर्देशनअनुसार महासचिवले तय गरी एक दिनअघि सदस्य र संसदीय दलको कार्यालयलाई उपलब्ध गराइनेछ । 
बैठकको अध्यक्षतामा सभामुखले गर्नु हुनेछ । संयुक्त बैठकमा राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेका विधेयकको हकमा सोसम्बन्धी सन्देशको विवरण र प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकको हकमा त्यस्ता सन्देशको विवरण सदस्यलाई कम्तीमा एक दिन अगावै उपलब्ध गराइनेछ । 
संयुक्त बैठकमा संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले दस्तखत गरी जनमत संग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी महासचिवलाई प्रस्तावको सूचना दिन सक्नेछन् । 
संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीन गरी १५ सदस्य रहने व्यवस्था मस्यौदामा गरिएको छ । समितिले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदको नियुक्तिका लागि प्रस्ताव गरिएका नामका सम्बन्धमा सुनुवाइ हुनेछ । 
प्रतिनिधिसभा नियमावली मस्यौदाका लागि सांसद् पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदाका लागि सांसद परशुराम मेघी गुरुङको संयोजकत्वमा अलगअलग समिति गठन भएका थिए । सम्बन्धित संसद्मा ती समितिले प्रस्तुत गरेका प्रतिवेदन पारित भइसकेका छन् । 
संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ माथि यही असार ८ गते ४ बजे बस्ने संघीय संसद्मा छलफल हुनेछ । 

अफगानिस्तानमा युद्धविरामको समय थपियो

/
एजेन्सी– अफगानिस्तानको सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको छ । 
अफगानिस्तानका राष्ट्रपति असरफ गनीले कमैमात्र गर्ने टेलिभिजन सम्वोधनमार्फत् थप तीन दिन युद्धविरामको समय बढाएका हुन् । 
उनले यो समय बढाएर मङ्गलबारसम्म पुर्याएका हुन् । यसैमार्फत उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेका छन् । 
आइतबार राति अहिलेको युद्ध बिरामको म्याद सकिने भएकाले उनले तीनदिन थप्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । 
उता युद्धविरामका क्रममा पनि आत्मघाती हमलामा कमी आएको छैन । शनिबारमात्र पनि यस्तै आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
त्यसपछि पनि युद्धविरामको समय बढाउने निर्णय गरिएको एकजना सरकारी अधिकारीले बताएका छन् । 
मुस्लिम समुदायको सबैभन्दा ठूलो इद पर्व मनाउनका लागि सरकारले युद्धविराम घोषणा गरेको हो । 
राष्ट्रपति गनीले गरेको आग्रह र सरकारले युद्धविरामको अवधि थपेको बारेमा तलिवान लडाकूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 
सम्वोधनका क्रममा राष्ट्रपति गनीले भनेका छन्– ‘म सुरक्षाकर्मीलाई यो निर्देशन दिन्छु की, तपाइहरु रक्षात्मक अवस्थामा मात्रै रहनु होला ।’ 
इदको दोस्रो दिन राष्ट्रपति गनीको यो प्रतिक्रिया आएको हो । अहिले रमजान मनाउने मुस्लिम समुदायको उपवासको महिना चलिरहेको छ । 
राष्ट्रसंघद्वारा युद्धविरामको स्वागत 
यसैविच, अफगानिस्तानको सरकारले एकतर्फीरुपमा युद्ध विरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन् । 
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ । 
राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न उनले दुवै पक्षलाई आग्रह पनि गरेका छन् । 
इद पर्व मनाइरहेका बेला पूर्वीअफगानिस्तानको नान्गारहार प्रान्तमा शनिबार भएको आक्रमणप्रति पनि राष्ट्रसंघीय प्रमुख गुथ्रेसले आपत्ति जनाएका छन् । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो । 

प्रदेश ३ सरकारको घोषणाः ‘३ वर्षमा प्लाष्टिक झोला अन्त्य, १० वर्षमा पेट्रोलियम मूक्त शहर’

/
काठमाडौं– प्रदेश नम्बर ३ को सरकारले तीन वर्षभित्र प्लाष्टिकजन्य झोलाको अन्त्य गर्ने नीति लिएको छ । यसका लागि प्रदेश सरकारले गैरप्लाष्टिक झोलाको उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने भएको छ । बजेटमार्फत सरकारले यो विषय सम्बोधन गरेको छ । 
यस्तै, प्रदेश नम्बर ३ को सरकारले अबको १० वर्षभित्र पेट्रोलियम सवारी मुक्त शहरको परिकल्पना गरेको छ  । वि.सं. २०८५ सम्म प्रदेशका मुख्य शहरहरुलाई  पेट्रोलियम सवारी मुक्त बनाउन विद्युतबाट सञ्चालन हुने मास ट्रान्सपोर्ट सवारीलाई बढ्वा दिन अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत यस प्रदेशले केवरलकार,रोपवे, ट्रलीवस लगायत विद्युतीय सवारी साधनलाई नीतिगत र कानुनी रुपमै प्रोत्साहनको व्यवस्था मिलाउने व्यवस्था गरेको छ । 
यता कृषकको आय आर्जन बृद्धिको लागि भैसी पालनमा सरकारले प्रोत्साहन गरेको छ । कालो सुन, भैसीनै हुन भन्ने अभियाननै सञ्चालन गरेर भैसी पालनमा किसानलाई इन्करेज गर्ने यस प्रदेश सरकारको नीति छ ।  

‘द कलेज एम्बेसडर’का प्रतियोगीले देखाए ट्यालेन्ट

/
काठमाडौं–‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले आफूभित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । शनिबार राजधानीको थापाथलीस्थित ब्लुस्टार इभेन्ट भेन्यु आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य,गायन, अभिनय, वक्तृत्वकला,चित्रकला लगायत विषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हुन् । 
प्रतियोगिताको यो १० औं संस्करण हो । यो संस्करणमा ४ केटा र ११ केटी फाइनलमा भिँड्दै छन् । उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले अडिसन दिएकाहरुमध्ये फाइनलका लागि १५ प्रतियोगी मात्र छानिएका ग्रीन आर्ट मिडियाका सीइओ प्रविण लाकौरले बताए ।
ट्यालेन्ट राउन्डको निर्णायकमा गायिका तथा मिस हेरिटेज आश्रा कुँवर मेकअफ आर्टिस रश्मि श्रेष्ठ, महेश उदास फेसन डिजाइनर मोडल, राजन शाही नृत्य निर्देशक, विवस गिरी ब्याण्ड मेम्बर जिएक्ससोल लगायत थिए ।

प्रधानमन्त्रीको चीन भ्रमण देश र जनताको हितमा होस: खड्का

/
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खड्काले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग अहिले कसैसँग बढी र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ ।’ साक्षात्कारमा बोल्दै नेता खड्काले भारतसँग खुल्ला सीमा भएको कारणले सम्बन्ध पनि त्यही अनुसार मजबुद रहेको सुनाए । उनले भने, ‘हाम्रो अलिक प्रगाढ सम्बन्ध भारतसँग छ, राजनीति र भूगोलको हिसाबले भारतसँगजस्तो चीनसँग हाम्रो त्यस्तो सम्बन्ध छैन ।’ नेपालको अवस्था भारतसँग जति सहजता छ त्यति सहजता चीनसँग नरहेको पनि उनले बताए ।
 नेता खड्काले दुवै देशसँग नेपालले समान दृष्टिकोण, समान सम्बन्ध कायम गर्दै दुवै सम्बन्धबाट प्रचुर सदुपयोग गर्नसक्नुपर्ने बताए ।  उनले भने,‘भारत र चीनको प्रगतिलाई हामीले आत्मसात् गर्नुपर्छ, उनीहरुको प्रगतिबाट हामीले सिक्नुपर्छ, लाभ लिन सक्नुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट सहयोग लिने वाचा गरेको स्मरण गराउँदै नेता खड्काले उक्त सहयोग लिन सक्नुहोस् भन्दै शुभकामना समेत दिए । उनले चीनसँगको नेपालको सम्बन्ध सुमधुर हुन जरुरी रहेको स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा र जनताको हितमा होस्, हाम्रो शुभकामना छ ।’
चीनियाँ लगानी भित्र्याउनको लागि नेपालले वातावरण बनाउनुपर्नेमा उनको जोड छ । उनले भने,‘तर अहिले नेपालमा लगानीमत्रै वातावरण छैन, अहिले सरकारले नीजी क्षेत्रलाई उपहास गरेको छ।’ प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुले यो पनि गर्छौं र त्यो पनि गर्छौं भनेको उल्लेख गर्दै खड्काले भने,‘सरकारले भोलि नै हामी सबै सम्पन्न हुने हो कि भन्नेगरि सपना बाँडेको छ।’

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

/
काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् । 
विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको बताए । 
यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण शिवाकोटी र चक्रप्रसाद स्नेहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।